कञ्चनपुर : महाकाली प्रादेशिक अस्पताललमा दोस्रो चरणको कोरोना भाइरस महामारीमा उपचार गराउनेमा युवाको संख्या बढी छ। कोरोना संक्रमित भई उपचार गराउनेमा २१ देखि ४० वर्षसम्मका सबैभन्दा बढी रहेको अस्पतालको तथ्यांकमा उल्लेख छ।यस उमेर समूहका २३० जना, ४० देखि ६० वर्ष उमेर समूहका १७१ जना संक्रमितले उपचार गराएका छन्। यसैगरी ६० वर्षमाथि १६ जना, ११ देखि २० वर्ष उमेर समूह २४ र सबैभन्दा कम १० वर्षसम्मका बालबालिका ६ जनाले अस्पतालमा उपचार गराएका छन्।चैत दोस्रो सातादेखि असारको दोस्रोसम्म अस्पतालमा ५०० भन्दा बढी कोरो