महाकालीबाट जिवितै उद्धार गरिएका युवाको उपचारका क्रममा मृत्यु
सदरमुकाम खलंगास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ। नुहाउनका लागि महाकालीमा गएका व्यास गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला...
काठमाडौँ,१४ असोज । सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ । उनको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ओलीको उपचारका क्रममा गए राति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । सो दुर्घटनामा […]
स्कुटर दुर्घटनामा घाइते भएकी एक युवतीको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गत मंसिर २२ गते तनहुँ शुक्लागण्डकी–७ सेराटारमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी दुलेगौडा बस्ने २७ वर्षीया निशा थापाको उपचारका क्रममा मृत्यु भएको हो । पृथ्वीराजमार्ग अन्तर्गत अकलादेवी मन्दिरबाट खैरेनीटारतर्फ जादैँ गरेको ग १० प ८८५४ नम्वरको स्कुटर दुर्घटनामा घाइते भएकी थापाको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी
पोखरामा निर्माणाधीन घरको खाल्डोमा पुरिएर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार बिहान पोखरा–११ काँहुडाडास्थित निर्माणाधीन घरको जग सोलिङ गर्ने क्रममा खनिएको खाल्डोको भित्ता भत्किएर पुरिँदा घाइते भएकी ४१ वर्षीया महिलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।सिन्धुलीको ठुला गाँउ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने आइतीमाया थोकरको खाल्डोको भित्ता भत्किँदा घाइते भएपछि तत्कालै उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी
उदयपुर, ७ असोज: बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् । बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम […]
आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीनानाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् । बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए । उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो । उनीसँगै घाइते भएकी उनकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो । दीनानाथका बाबु
सुनसरी। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।धनुषाका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई १० वैशाखमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानमा हालसम्म ४७ पुरुष र ८४ महिला गरी १३१ जनाको उपचारका क्रममा मृत्यु भएको छ।