भोजपरको पिखुवा खोला लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । विगत लामो समयबाट पानीको समस्या भोग्दै आएका स्थानीयबासीलाई लक्षित गर्दै सञ्चालन भएको योजनाबाट ४२० घरधुरी लाभान्वित हुनेछन् ।
आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ बस्तीका घरघरमा पानी वितरणका लागि धारा परीक्षणसमेत शुरु भएको छ । पिखुवा खोलाबाट पम्पिङ, ट्याङकी निमार्ण, उपभोक्ताको घरघरमा धारा जडान र वितरण पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ ।
करिब रु. १२ करोड ४० लाखमा आयोजना निर्माण शुरु गरिएको हो ।