घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन । चितवन राट्रिय निकुञ्जमा घाँसेमैदान थपिने भएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम शुरू गरेको छ । अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार आयोजनाअन्तर्गत अहिले २२५ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन तथा निर्माण शुरू गरिएको हो । घाँसेमैदान व्यवस्थापनका लागि रू. ३३ लाख ७५ हजार र नयाँ निर्माणका लागि रू. ३५ लाख बजेट विनियोजन भएको तिवारीले बताए । निकै कम रकममा ठेक्का परेको भन्दै उनले अहिले पश्चिमी क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको बताए । निकुञ्जको लामिताल, सुखिभार, भिम्लेलगायतका क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । त्यस्तै तराई भू्परिधि कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदान व्यवस्थापनको कामसमेत भइरहेको उनले बताए । त्यसका लागि रू. १५ लाख बजेट विनियोजन गरिएको उनले बताए । निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माणको काम भइरहेको छ । पश्चिमी क्षेत्रको घाँसेमैदान व्यवस्थापनको काम सकिएलगत्तै पूर्वीक्षेत्रमा काम शुरू गरिनेछ । पूर्वी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमति लिएर घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको छ । चैत महीनाभित्र घाँसेमैदान व्यवस्थापनको काम सकिने तिवारीले बताए । निकुञ्जको १० प्रतिशत भूभाग घाँसेमैदान छ । घाँसेमैदान व्यवस्थापन थप गरेपछि आहारा प्रजातिका जनावरको संख्या बढ्ने र मानवीय बस्ती क्षेत्रमा जनावर जाने क्रम कम हुने अपेक्षा निकुञ्जले गरेको छ । रासस

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘जिप सफारी’ को तयारी

चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारी सञ्चालनका लागि सडक मर्मत र सर-सफाई गर्न थालिएको छ। दशैँ अगाडि जिप सफारी गर्नेगरी सडक मर्मत र सर-सफाईको काम थालिएको हो।...

चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा आजदेखि जलपक्षी गणना

काठमाडौँ,२४ पुष । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपक्षी गणना सुरु गरेको हो । चितवनमा आजदेखि गणना सुरु भएको वर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिए । पूर्वी […]

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो

तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा गर्नेहरु अधिक भएका हुन् । निकुञ्जभित्रका सडकमा जीप बाक्लो देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था रहेको छ । तिहारको टीकाको भोलि पल्टबाट आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको हो । सङ्ख्यात्मक हिसाबले आन्तरिक पर्यटक धेरै छन् । पर्यटकीय गतिविधिमा समावेश भएर रात नबसी फर्किनेको सङ्ख्या ठूलो छ । सौराहा, पटिहानी, ज

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो

१३ कात्तिक, चितवन । तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा गर्नेहरु अधिक भएका हुन् । निकुञ्जभित्रका सडकमा जीप बाक्लो देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था रहेको छ । तिहारको टीकाको भोलि […]

स्वर्ण वर्ष मनाउदै चितवन राष्ट्रिय निकुञ्ज

नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ। विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो।...

एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे

गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन् ।  निकुञ्जभित्र जिप सफारी र डुंगा सफारी गर्न आन्तरिक (नेपाली), सार्क मुलुक र विदेशी मुलुकका पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र हात्ती सफारी भने हुँदैन । पर्यटन व्यवसायीहरुले मध्यवर्ती सामुदायिक वनमा मात्रै पर्यटकलाई हात्ती सफारी गराउने गर्छन् ।निकुञ्जका अनुसार गत आवमा एक लाख ५५ हजार ६७

एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे

चितवन – गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन् । निकुञ्जभित्र जिप सफारी र डुंगा सफारी गर्न आन्तरिक ९नेपाली०, सार्क मुलुक र विदेशी मुलुकका पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र […]

एक वर्षमा १ लाख ९० हजार जनाले घुमे चितवन राष्ट्रिय निकुञ्ज

चितवन – गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्। दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन्। निकुञ्जभित्र जिप सफारी र डुंगा सफारी गर्न आन्तरिक (नेपाली), सार्क मुलुक र विदेशी मुलुकका पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ। निकुञ्जभित्र हात्ती सफारी भने […]

हेरौँ गैँडासहितका जनावर, घुमौँ चितवन राष्ट्रिय निकुञ्ज (तस्बिरहरु)

चितवन – जैविक विविधताका लागि नेपालको महत्वपूर्ण र पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अहिले सफारी गर्नेहरुको संख्या बढ्दो क्रममा छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्ष शून्य प्रायः रहेको सौराह क्षेत्रको पर्यटकीय गतिविधि अहिले बढेको छ । योसँगै राष्ट्रिय निकुञ्ज घुम्नेहरुको संख्या पनि बिस्तारै बढ्दो क्रममा देखिएको हो । अहिले जिप […]

तस्वीर :  चितवन राष्ट्रिय निकुञ्ज घुमेर मनोरञ्जन लिंदै पर्यटक

चितवन राष्ट्रिय निकुञ्ज घुमेर मनोरञ्जन लिंदै पर्यटक ।अघिल्ला वर्षका तुलनामा यसवर्ष निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । तस्वीर : रासस