मेरापिकमा बेपत्ता आरोहीको खोजिकार्य मौसमका कारण प्रभावित

सोलुखुम्बुको मेरापिकमा बेपत्ता बनेका छेतेन शेर्पाको खोजिमा आएको अन्तर्राष्ट्रिय पर्यटक गाईडको टोली मौसम प्रतिकुल हुँदा काठमाडौं फर्किएको छ। तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आएको हवाई जहाज मौसम प्रतिकुल हुँदा अवतरण नभई...

सम्बन्धित सामग्री

फिलिपिन्स बाढी : ज्यान गुमाउनेको संख्या  ४२  पुग्यो

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो। बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने मौ

फिलिपिन्समा बाढीले ४२ जनाको मृत्यु

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढीमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो। बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने

एक महिनादेखि खुम्बुमा बेपत्ता विदेशी पर्यटक अझै भेटिएनन्

सोलुखुम्बुको खुम्बु क्षेत्रमा बेपत्ता दुई विदेशी पर्यटकको खोजीकार्य प्रतिकुल मौसमका कारण प्रभावित भएको छ । गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र...

खराब मौसमका कारण बेपत्ता विमानको खोजी कार्य कठिन

काठमाडौँ – पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान बेपत्ता भएपछि खोजीको प्रयास भइरहेको छ। तर खराब मौसमका कारण खोजी कार्य प्रभावित भएको छ। बेपत्ता विमानको खोजीका लागि नेपाली सेनाको र निजी कम्पनीका हेलिकप्टर परिचालन गरिए पनि प्रतिकूल मौसमका कारण खोजी कार्य प्रभावकारी हुन सकेको छैन। विमान दुर्घटनाको आशंका गरिएको क्षेत्र बाक्लो कुहिरोले ढाकिएका […]

उद्दारका लागि पोखराबाट उड्यो सेनाको हेलिकोप्टर

‍काठमाडौँ – बेपत्ता भएको तारा एयरको विमानको खोजी कार्य खराब मौसमका कारण प्रभावित भएको छ। विमानको खोजीका लागि काठमाडौँबाट पोखरा गएको नेपाली सेनाको हेलिकोप्टर अहिले मौसममा केही सुधार आएपछि पोखराबाट उडेको छ। पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पोखरा विमानस्थलबाट उडेको ‘नाइन एनएइटी’ जहाज […]

बाढी र पहिरोले देशभर ६ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं । केही दिनयता निरन्तरको वर्षापछि मंगलवार साँझदेखि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बुधवार साँझ ७ बजेसम्म देशभरबाट प्राप्त तथ्यांकअनुसार बाढी र पहिरोमा परी २७ जना बेपत्ता छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाढी र पहिरोबाट बुधवार सिन्धुपाल्चोकमा दुईजना र बाजुरा, पाल्पा, डोटी तथा कास्कीमा एक/एक जनाको मृत्य भएको छ । देशभर कति घरपरिवार प्रभावित भए भन्ने यकिन तथ्यांक नभए पनि ८९ ओटा घर बाढी र पहिरोले बगाएको तथ्यांक प्राप्त भएको प्रवक्ता दाहालले बताए । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको छ । त्यसपछि मनाङमा बढी प्रभाव परेको छ । त्यसैगरी बाजुरा, म्याग्दी, गुल्मी, डोटी, पाल्पा लगायत ठाउँमा पनि बाढीले जनधनको क्षति गरेको छ । उद्धार र राहतका लागि जिल्ला व्यवस्थापन समिति, स्थानीय तह, प्रहरी र सेना सक्रिय भएका छन् । गृहले सिन्धुपाल्चोकमा दुईओटा हेलिकोप्टर परिचालन गरी उद्धार गरेको प्रवक्ता दाहालले जानकारी दिए । यस्तै मनाङमा पनि उद्धारका लागि हेलिकोप्टर तयार गरिएकोमा मौसमका कारण बुधवार उडान हुन नसकेको उनको भनाइ छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलका अनुसार बुधवार साँझ ६ बजे मेलम्चीको जलसतह ४ दशमलव ७ मिटरबाट घटेर ३ मिटरमा आएकोमा ६ः४५ बजे पुनः बढेर ६ मिटर पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश क्षेत्रमा घना वर्षा हुने प्रक्षेपण गरेको छ ।  महाशाखाका अनुसार बुधवार महाकाली, कर्णाली र नारायणीको बहाव बढेर मध्यम जोखिम देखिएकोमा पश्चिम राप्ती, तिनाउ र बबईमा उच्च जोखिम देखिएको छ । सिन्धुपाल्चोकमा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याउँदै आए पनि सरकारले बस्ती स्थानान्तरण र आवास पुनर्निर्माणको काम  गरेको देखिँदैन । अघिल्लो वर्ष असारमा बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा आएको पहिरोबाट विस्थापित भएकाहरूको स्थानान्तरण र आवास निर्माण अझै हुन सकेको छैन । जग्गा खोजी, कानूनी प्रक्रिया पूरा गर्ने लगायत विभिन्न कामको पहल भइरहेको मन्त्रालयका प्रवक्ता दाहालले बताए । शहरी विकास मन्त्रालयसँग सहकार्य गरेर बस्ती स्थानान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढाइराखेको जानकारी उनले दिए ।