मानव बेचबिखन मुद्दामा फरार रहेकी प्रतिवादी ७ वर्षपछि पक्राउ परेकी छन् । नुवाकोट साबिक तलाखु गाविस ७ हाल शिवपुरी गाउँपालिका १ की ४० वर्षीया हेरिङ डोल्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोजतलास गर्दै जाने क्रममा आइतबार विदुर नगरपालिका २ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।