काठमाडौं : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन्। यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहानदेखि छलफल भइरहेको छ।
शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुंगो लगाउने बताइएको छ।