काठमाडौं।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बैठक बालुटारमा सुरु भएको छ। हाल सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल जारी छ।छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा सत्तारुढ कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भइरहेको बुझिएको छ।उक्त प्रतिवेदन आजै सार्वजनिक गर्ने गठबन्धनको तयारी छ।