६ अर्ब बक्यौता उठाउन आजदेखि दुग्ध किसान आन्दोलित

दुध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबारबाट आन्दोलन सुरु गर्ने भएका छन् । केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा किसानले सोमबार र मंगलबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा...

सम्बन्धित सामग्री

अनुदान रोकिएको विरोधमा दुग्ध किसान आन्दोलित

चितवनका तीनवटा स्थानीय तहलाई प्रदेश सरकारले दिँदै आएको अनुदान एक्कासि रोकेपछि किसान अन्दोलित भएका हुन्।...

१० करोड अनुदान रोकिएको भन्दै चितवनका दुग्ध किसान आन्दोलित

चितवन । बागमती प्रदेश सरकारले दूधमा प्रतिलिटर दिने भनेको १० करोड अनुदान रोकेपछि चितवनका किसानहरू आन्दोलित भएका छन् ।  स्थानीय सरकारले अनुदान दिएको सहकारीलाई प्रदेशले पनि दिँदा दोहोरो भुक्तानी पर्न जाने भन्दै बागमतीले भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकामा अनुदान रोकेको हो । प्रतिलिटर दूधमा भरतपुरले तीन रुपैयाँ, माडीले चार रुपैयाँ र राप्तीले ५० पैसा अनुदान दिँदै आएको छ ।  अनुदानका लागि किसानलाई बैंक खातासमेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेपछि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ आन्दोलित भएको हो ।  संघले शनिवार पत्रकार सम्मेलन आयोजना गरी तीनओटा पालिकाका ७० सहकारीलाई १० करोड रुपैयाँ अनुदान दिने भनेर छुट्याइएको बजेट अन्तिम समयमा कटौती गरिएको बताएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले आइतबार कृषि मन्त्रालय घेराउ गर्ने कार्यक्रम तय भएको जानकारी दिए । किसानलाई कृषि पेशामा टिकाउनका लागि कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्ने उनले बताए । ‘जनताले वडा कार्यालय, राजस्व कार्यालय र घरेलु कार्यालय तीन ठाउँमा कर तिर्नुपर्छ । अनुदान दोहोरो पाएर के हुन्छ,’ उनले भने, ‘कृषि जोगाउने पेसा भएकाले कार्यविधि सच्याएर भए पनि स्थानीय र प्रदेश दुवैले अनुदान दिनुपर्छ भन्ने हाम्रो माग हो ।’ प्रतिलिटर दूधमा अनुदान दिने भनेर बागमती प्रदेश सरकारले यस वर्ष ३० करोड रुपैयाँ छुट्याएको थियो ।  अनुदान वितरणसम्बन्धी कार्यविधिले स्थानीय सरकारले प्रतिलिटर दूधमा अनुदान दिएको संस्थालाई प्रदेश सरकारले पनि दिन नमिल्ने व्यवस्था गरेको छ । तर, उक्त कार्यविधिको बारेमा दुग्ध उत्पादक सहकारी संघलाई केही दिनअघि मात्रै जानकारी भएको उनले बताए । संघलाई जानकारी नै नदिई आफूखुसी कार्यविधि बनाइएको र अनुदान रोकिएकोमा संघले गम्भीर आपत्ति जनाएको हो । ‘कार्यविधिको बारेमा हामीलाई जानकारी दिइएको छैन, न सहकारी संस्थामा पठाइएको छ,’ उनले भने । कार्यविधिको पालना प्रदेश सरकारले नै नगरेको भन्दै उनले किसानको चिन्ता र चासोलाई कृषि मन्त्रालयले सम्बोधन गर्न नसकेको बताए । ‘प्रदेशका कृषि मन्त्रीसमक्ष आठौंपटक जाँदा पनि बेवास्ता भयो । अब हामी उहाँको राजीनामा नआएसम्म आन्दोलन जारी राख्छौं,’ उनले भने । राज्यले किसानलाई प्रर्वद्धन गर्नुको सट्टा अनुदान काटेर विस्थापित गर्न खोजेको उनको आरोप छ ।