रेमिट्यान्स पठाउनेलाई नेपालमा आईपीओमा १५ प्रतिशत कोटा छुट्याउनु पर्छ : विष्णुकुमार अग्रवाल

बजेट संवादसरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । तर पछिल्लो समय मुलुकको अर्थतन्त्र सङ्कटोन्मुख बन्दै गएको छ । वास्तवमा नेपालको अर्थतन्त्र सङ्कटोन्मुख मात्रै हो वा सङ्कटग्रस्त बनिसक्यो ? यस बारेमा अर्थविद्हरूले विभिन्न तर्क गरिरहेका छन् । समस्यामा रहेको अर्थतन्त्र सुधार वा समाधानका उपायहरू नखोज्ने हो भने नेपालको अर्थतन्त्र धरापमा पर्ने अर्थविद्हरूले बताइसकेका छन् । आगामी आर्थिक २०७९/०८० को बजेटमा सरकारले के कस्ता नीति तथा कार्यक्रमहरू ल्याउँदा उपय

सम्बन्धित सामग्री

भक्तपुरको कौशलटारमा यामाहा नेपालको ‘ब्लू स्क्वायर’ शोरुम

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता ‘एमएडब्लू इन्टरप्राइजेज प्रालि’ ले भक्तपुरको कौशलटारमा सुविधा सम्पन्न ‘ब्लू स्क्वायर’ शोरुम सञ्चालनमा ल्याएको छ । सोमबार एमएडब्लू ग्रुप कम्पनीका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिज सिजन ५ का होस्ट सुरजसिंह ठकुरी र हिमालय रोडिज सिजन ५ की ग्याङ लिडर प्रियंका कार्कीले सयुंक्त रुपमा उद्घाटन गरेका […]

एचसीसीएनको १६औं साधारणसभा: विष्णुकुमार अग्रवाल नयाँ डिनमा नियुक्त

काठमाडौँ। अवैतनिक वाणिज्य तथा महावाणिज्यदूतहरूको संगठन ‘अनररी कन्सुलर कोर’ नेपाल (एचसीसीएन)’को १६औं साधारणसभा तथा चार्टर डे काठमाडौंमा सम्पन्न भएको छ ।  साधारणसभाको उद्घाटन कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको द्वौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कोरले पुर्‍याएको योगदानको प्रशंसा गरे । ‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनु छ, यसमा एचसीसीएनको सहयोग रहने अपेक्षा गरेका छौं,’ उपराष्ट्रपति यादवले भने, ‘नेपालमा लगानीका सम्भावना भएका क्षेत्र धेरै छन् । विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्ट्रसँग समन्वय गर्न आवश्यक छ ।’ सभामा परराष्ट्रमन्त्री एनपी साउदले एचसीसीएनका सदस्य मुलुकलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे । उनले दौत्य सम्बन्ध कायम भएका देशको प्रतिनिधित्व गरेर नि:स्वार्थ सेवा कार्य तथा नेपालको व्यापार तथा पर्यटन प्रवर्द्धनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । कार्यक्रममा एचसीसीएनका डिन दिनेश श्रेष्ठले भियना कन्भेन्सनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताए ।  साधारणसभाले चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाललाई नयाँ डिनका रूपमा नियुक्त गरेको छ । सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नति गरिएको थियो । नवनियुक्त डिन अग्रवालले देशलाई अनररी कन्सुलहरूले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मवारीलाई निर्वाह गर्दै आएको बताए । कार्यक्रममा उपराष्ट्रपति यादवले एचसीसीएनका पूर्व डिनहरू गजेन्द्रबहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ (स्पेन), विनयमान श्रेष्ठ (कोलोम्बो), पद्म ज्योति (साइप्रस), वसन्तराज मिश्र (चिली), श्रीराम लामिछाने (लक्जमबर्ग), राजेन्द्रकुमार खेतान (पोर्चुगल), आङछिरिङ शेर्पा (बेल्जियम), प्रदीपकुमार श्रेष्ठ (दक्षिण अफ्रिका), वसन्त चौधरी (मोरोक्को) र लोकमान्य गोल्छा (पोल्यान्ड)लाई सम्मान गरेका थिए ।

उद्योगीको मनोबल उकास्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गरेको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री रिजाललाई भेटेर यस्तो आग्रह गरेका हुन्।...

विकास खर्च बढाउन भौतिकमन्त्रीसँग परिसंघको माग

१९ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेट्दै विकास खर्च बढाउन माग गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले श्रेष्ठलाई भेट्दै यस्तो माग गरेको हो । अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिए । उनले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम […]

प्रधानमन्त्री प्रचण्डसँग उद्योग परिसङ्घका पदाधिकारीले गरे भेटवार्ता

काठमाडाैँ- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल उद्योग परिसङ्घले भेटवार्ता गरेको छ। अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो। सो अवसरमा परिसङ्घका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएका थिए। परिसङ्घले […]

सहकार्य विस्तारका लागि उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स संघबीच सम्झौता

आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच सम्झौता भएको छ । परिसंघको कार्यालयमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन् ।दुवै निकायले औद्योगिक विकासका लागि स्थिर आर्थिक नीति तर्जुमाका लागि सरोकारवाला निकायसँग आपसी सहकार्यमा कार्य गर्ने, संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि काम गर्ने बताइएको […]

सीएनआईको अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्विरोध निर्वाचित

काठमाडौँ  – नेपाल उद्योग परिसंघ (सीएनआई)को अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्वाचित भएका छन्। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था भएअनुसार अग्रवाल अध्यक्ष बनेका हुन्। उनलाई परिसंघको १८औँ साधारणसभाले अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्ष थिए। परिसंघको संस्थापक सदस्यहरुमा दीलिप अग्रवाल, शरदकुमार तिवेडढीवाला, आदित्य संघाईलगायत २० जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। […]

परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल नियुक्त

काठमाडौं। नेपालका उद्योगीहरुको छाता संगठन उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल नियुक्त भएका छन्। परिसंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार अग्रवाल अध्यक्ष बनेका हुन्। महासंघको १८औं वार्षिक साधारणसभाबाट निर्वतमान अध्यक्ष शतिसकुमार मोरले अग्रवाललाई अध्यक्ष पद हस्तान्तरण गरेका हुन्। अग्रवाल एमए डब्लु इन्टरप्राइजेज, एमएडब्लु अर्थमुभर, एमएडब्लु इन्भेष्टमेन्ट, एमएडब्लु रेडि मिक्स कंक्रिट, एमएडब्लु इन्जिनियरिङ, भीआर होल्डिङ लगायतका दर्जन कम्पनीका चेयरम्यान हुन्।

जुनसुकै सरकार आए पनि निजी  क्षेत्रमैत्री नीतिलाई अघि बढाउनुपर्छ

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष रहेका विष्णुकुमार अग्रवाल १८औँ साधारणसभाबाट बुधबार स्वतः अध्यक्ष चयन भएका छन् । एमएडब्लू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशकसमेत रहेका अग्रवालले सिएनआईमा विभिन्न समिति तथा फोरमको...