आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो ४ घन्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।