कर्णाली प्रदेशको मन्त्रिमण्डलमा नेकपा माओवादी केन्द्रका तर्फबाट थपिएका दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले सोमबार आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह र जलस्रोत तथा उर्जा विकासमन्त्री रातो कामीलाई शपथ ग्रहण गराएका हुन् ।