अक्सिजन प्लान्ट खरिदको टेण्डरमा ठेकेदारले ल्याइदिए जेनेरेटर

४ जेठ, सुर्खेत । कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको आरोप लागेको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिदको लागि ठेक्का दिएको ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको छ । जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन […]

सम्बन्धित सामग्री

व्यवसायीले किनेका अक्सिजन प्लान्ट फ्रान्समा रोकिए

काठमाडौं । नेपाली व्यवसायीले फ्रान्समा ७ करोड रुपैयाँभन्दा बढीमा किनेका अक्सिजन प्लान्ट ढुवानी कम्पनीले अटेरी गर्दा त्यही रोकिएका छन् । पुनःनिर्माण नेपाल नामको गैरसरकारी संस्थाको संयोजनमा व्यवसायी, सामाजिक संस्थाहरूको साझेदारीमा १० थान अक्सिजन जेनेरेटर प्लान्ट ९ महीनाअघि फ्रान्समा किनिएको थियो । ‘सामान किनेपछि फ्लास फ्रेट लजिस्टिक कम्पनीलाई ढुवानीको जिम्मा दिइएको थियो,’ अक्सिजन जेनेरेटर प्लान्ट किन्नेमध्येका एक व्यवसायीले भने, ‘तर, अनेक प्रयास गर्दा पनि कम्पनीले ढुवानी गर्न मानेको छैन ।’ कोरोना महामारीका बेला अक्सिजन प्लान्ट किन्न विभिन्न ६ व्यावसायिक घरानाले लगानी गरेका थिए । तत्कालीन नियमअनुसार अक्सिजन प्लान्टको ढुवानीमा लाग्ने खर्च सरकारले बेहोरेको थियो । त्यस कम्पनीलाई अक्सिजन प्लान्ट ढुवानीका लागि सरकारले २ लाख ७५ हजार अमेरिकी डलर भुक्तानी गरिसकेको बताइएको छ । त्यसपछि उक्त कम्पनीले ढुवानीका लागि नेपाल एअरलाइन्ससँग २ लाख ७२ हजार अमेरिकी डलर तिर्ने गरी सम्झौता गरेको थियो । सम्झौता गरे पनि ढुवानी कम्पनीले अक्सिजन प्लान्ट ढुवानीमा अटेरी गर्दै आएको व्यवसायीको भनाइ छ । सामान ढुवानीका लागि कम्पनीका तर्फबाट दीपेश अधिकारी र क्रेताका तर्फबाट अमेरिकामा रहेको पुनःनिर्माण नेपालका अध्यक्ष डा. मदन उप्रेतीले हस्ताक्षर गरेका थिए । ती अक्सिजन प्लान्ट गएको पुस महीनाभित्र नेपाल ल्याइसक्ने सम्झौता थियो । नेपाल ल्याइएपछि ती अक्सिजन प्लान्टमध्ये २ काठमाडौंको शिक्षण अस्पतालमा, ३ गण्डकी तथा लुम्बिनी अस्पतालमा, दमकको आम्दा र दार्चुला अस्पतालमा १/१ थान प्लान्ट जडान गर्ने लक्ष्य थियो । फ्रान्सबाट ल्याउने भनिएको अर्को १ थान डँडेलधुराको जोगबुढा अस्पतालमा जडान गर्ने सरकारी योजना थियो । ढुवानीकर्ताको अटेरीले ती अक्सिजन प्लान्ट ल्याउन नसक्दा यतिखेर व्यवसायीको लगानी मात्र डुबेको छैन, सर्वसाधारणले सेवा पनि लिन पाएका छैनन् । कोरोना महामारीको बेला अस्पतालहरूमा अक्सिजन प्लान्टको निकै जरूरी थियो । कोरोना महामारीमा अक्सिजन नपाएरै कैयन् बिरामीको ज्यान गएको थियो । सम्झौताअनुसार ढुवानी नगर्ने कम्पनीका प्रतिनिधि अधिकारीसँग सम्पर्क गर्दा उनी पछि कुरा गर्ने भन्दै पन्छिए । त्यसपछि उनी सम्पर्कमा आउन चाहेनन् । अक्सिजन प्लान्ट किन्नेमध्येका एक व्यवसायीले यतिखेर कार्गो कम्पनीले जहाज भाडा बढेको तर्क गरिरहेको बताए । ती अक्सिजन प्लान्ट ढुवानी गर्न ढुवानी कम्पनीले थप रकम मागेको उनको भनाइ छ । ‘यसअघि नै सरकारले दिने भनेकोबाहेक हामीहरूले ढुवानी कम्पनीलाई प्रतिप्लान्ट थप १० लाख रुपैयाँ दिएका छौं,’ उनले भने, ‘अझै पनि उसले थप रकम मागेर फट्याइँ गरिरहेको छ । अब त्यस कम्पनीलाई कारबाही गर्नुपर्ने भएको छ ।’ अक्सिजन प्लान्ट ल्याउन बतास फाउन्डेशन, अमेरिका नेपाल मेडिकल फाउन्डेशन, क्रिएसन नेपाल, ह्युम्यानिटी फाउन्डेशन नेपाल, पुनःनिर्माण नेपाल, जगदम्बा स्टील र स्याकार ट्रेडिङ कम्पनीले साझेदारी गरेका थिए । सम्झौताअनुसार ढुवानी नगर्ने कम्पनीलाई कालोसूचीमा राखेर धरौटी रकम जफत गर्न व्यवसायीले माग गरेका छन् । सन् २०२१ मे २० मा किनिएका ती अक्सिजन प्लान्ट आउन नसकेपछि व्यवसायीले ढुवानीका लागि विभिन्न निकाय गुहारिरहेका छन् । यसरी शुरू भएको थियो अक्सिजन प्लान्ट खरिद प्रक्रिया कोरोना महामारीले तीव्ररूप लिइरहेका बेला देशभरिका अस्पतालमा अक्सिजनको चरम अभाव भएको थियो । अक्सिजन अभावमा बिरामीको ज्यान जान थालेपछि पुनःनिर्माणनेपालले विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदिने उद्देश्यले फ्रान्समा अक्सिजन प्लान्ट किन्यो । पानी जहाजबाट ढुवानी गर्दा ढिलो हुने र हवाई जहाजबाट ढुवानी गर्दा धेरै भाडा लाग्ने भएपछि क्रेताले सरकारलाई ढुवानीमा सहयोग गर्न अनुरोध गरेका थिए । सोही अनुरोधलाई स्वीकार गर्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ढुवानी खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

जिल्ला अस्पताल प्यूठान : अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुन सकेन

प्यूठान (अस) । अक्सिजन अभाव कम गर्न भन्दै प्यूठान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरियो । केन्द्र सरकारको एक करोड रुपैयाँ सहयोगमा प्लान्ट जडान गरिएपछि अक्सिजन आपूर्ति सहज हुने अपेक्षा गरिएको थियो । तर नेपाल विद्युत् प्राधिकरणले पर्याप्त भोल्टेजको विद्युत् उपलब्ध नगराउँदा प्लान्टबाट अक्सिजन उत्पादन हुन सकेको छैन । प्लान्टबाट दैनिक ७०–७५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । अस्पतालमा  विद्युत् प्राधिकरणको ३३ केभीए लाइन जोडिएको छ । तर आवश्यकता अनुसार विद्युत् आपूर्ति नभएको अस्पतालका सूचना अधिकारी खिमप्रसाद पार्देले बताए । ‘प्लान्टका लागि ५० केभीएभन्दा धेरै भोल्टेज आवश्यक पर्छ,’ उनले भने, ‘तर अहिले ३३ केभीए मात्र आपूर्ति भएको छ ।’ अस्पतालमा ६२ दशमलव ५ केभीएको जेनेरेटर जडान गरिएको छ । सोही जेनेरेटरबाट आवश्यक अक्सिजन आपूर्ति गरिँदै आएको छ । अस्पतालको एक्स–रे मेशिन लगायत उपकरण जेनेरेटरबाटै सञ्चालन गर्नुपर्ने बाध्यता छ । सबै उपकरण यसैबाट सञ्चालन गर्दा प्लान्ट सञ्चालनमा समस्या भएको छ । सबै काम जेनेरेटरबाट गर्दा अस्पतालले आर्थिक भार थेग्ने अवस्था छैन । शुरूमा जेनेरेटरबाट सञ्चालन गरेको भए पनि आर्थिक भार धेरै हुने भएपछि बन्द गरिएको सूचना अधिकारी पार्देले बताए । अस्पतालले जग्गाको समस्या समाधान गरे तरुन्तै लाइन जडान गर्ने नेपाल विद्युत् प्राधिकरण जुम्री वितरण केन्द्रका प्रमुख सुशील पौडेलले बताए ।

कर्णालीमा अक्सिजन प्लान्ट खरिद विवादित

कर्णालीका आठ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न प्रदेश सरकारले उपलब्ध गराएको तीन करोड २० लाखबाट स्वास्थ्यका ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरेपछि अख्तियार र संसदीय समितिले थाले छानबिन कोरोना महामारीका...

व्यवसायिक घरानासहितको पहलमा नेपालमा १० ओटा अक्सिजन प्लान्ट स्थापना गरिने

जेठ १७, चितवन । नेपालका व्यवसायिक उच्च घरानाको पहल र  सामाजिक संस्थाको समन्वय र सहकार्यमा नेपालमा १० ओटा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।  कोभिड भाइरसको रोकथाम र जोखिम कम गर्ने उद्धेश्यले निजी क्षेत्र र सामाजिक संस्थाको पहलमा अक्सिजन प्लान्ट गर्ने घोषणा गरिएको हो । सोमवार क्रियसन नामको गैरसरकारी संस्थाले आयोजना गरेको भर्चुअल जुममार्फत गरिएको कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।  १२ करोड रुपैयाँ खर्च गरेर उनीहरुले अक्सिजन प्लान्ट स्थापनाको अभियान अगाडि बढाएका हुन् । स्वास्थ्य मन्त्रालय तथा सीसीएमसीसँग सहकार्य गरी प्लान्ट आयात गरी स्थापना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  सो अवसरमा बोल्दै सीसीएमसीका प्रमुख कार्यकारी निर्देशक बालानन्द शर्माले निजी तथा सामाजिक संस्थाको अगुवाइमा प्लान्ट स्थापना गर्न लागिएको कार्यको प्रशंसा गरे । आगामी दिनमा यस अभियानमार्फत कोभिड विरुद्धको खोपका लागि पहल गर्न आग्रह गरे । खोप आयातका लागि सरकारका स्वास्थ्य सम्बन्धी निकायहरुको पूर्ण सहयोग रहने शर्माको भनाइ थियो ।  अमेरिका नेपाल मेडिकल फाउण्डेसन, बतास अर्गनाइजेशन, ज्योती ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी, शंकर इन्फिनिटी, हुमानिटी फाउण्डेसन, मिसन रिव्युल्ड नेपाल, क्रियसन रिभिजनिङ द चेन्ज र कोकाकोला फाउण्डेसनको संयुक्त प्रयासमा अक्सिन प्लान्ट स्थापना हुन लागेको हो ।  स्याकार ट्रेड कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिले अक्सिजन फोर नेपालका साथै अरु गैरसरकारी संस्था  र निजी कम्पनीसँग संलग्न भएर महामारीको बेलामा नेपाली जनतालाई राहत दिन १० ओटा अक्सिजन प्लान्ट दिन लागिएको बताए ।   उक्त अभियानमाथि प्रकाश पार्दै क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सानो हातेमालोबाट शुरु भएको यो अभियानले आँटेजत्रो व्यापक चुनौती पनि सामना गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको बताए । सरकारी निकायको मुख ताकेर मात्र समस्या समाधा नहुने भन्दै उनले निजी साझेदारीमा ठोस परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताए ।  एसएनएस ग्रुपका अध्यक्ष  सन्जय कुमार चौधरीले यी अक्सिजन जेनेरेटरहरु पेरिसबाट काठमाडौं विशेष फ्रेटर एयरक्राफ्टले एयर–लिफ्ट गर्ने र काठमाडौं ल्याएको ४८ घण्टामा सबै स्थानमा जोड्न सकिने बताए । चौधरीका अनुसार सबै प्रदेशमा अपनत्व हुनेगरी १०  ओटा मध्ये दुई ओटा युनिट नेपालको सुदूरपश्चिममा पुर्‍याउने योजना छ, एक युनिट सेती अस्पताल धनगढी र अर्को युनिट गोकुले, दार्चुलामा स्थापना गरिनेछ । यी ठूला प्रयासहरु सुदूरपश्चिममा अन्य साझेदार संस्थाहरूसँग मिलेर हुमानिटी फाउण्डेशन नेपालको नेतृत्वमा गरिएको हो ।   फ्रान्सबाट १० ओटा अक्सिजन जेनेरेटर खरीद प्रक्रिया अगाडि बढिसकेको छ । एउटा अक्सिजन जेनेरेटरले २४ घन्टामा ५० बेड र १५ सिलिण्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्न सक्ने बताइएको छ ।नेपालीले नेपालीका लागि अक्सिजन फर नेपाल नाराका साथ अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।

उद्योग संघले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

मकवानपुर : हेटौंडा र उद्योग संघ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने भएको छ।अक्सिजन अभावमा अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको उपचारमा समस्या हुन थालेपछि संघले अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न लागेको हो। मकवानपुरमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नहुँदा अन्य जिल्लाको भरमा बस्नु परेको भन्दै संघले अस्पतालमा नै प्लान्ट स्थापना गर्न लागेको संघका अध्यक्ष लेखराज पोखरेलले बताए।पोखरेलले एक महिनाभित्र अस्पतालमा

सञ्चालनमा नआएका अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइने : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने बताएका छन्। आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई मर्मत गरी सञ्चालनमा ल्याइने उनले बताए। लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी छ। अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने उनले बताए।