काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित बिन्दावासिनी बस्ने मकवानपुर थाहा नगरपालिका–७ का सुरेन्द्र खत्रीको लक्ष्मी कपास उद्योगमा आज बिहान आगलागी भएको थियो । विद्युत् चुहिएर आगलागी हुँदा कपास बनाउने मेशिन तथा तयारी कपाससहितमा झण्डै रु २० लाखको क्षति भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटले जानकारी दिनुभयो ।