काठमाण्डाै – भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइलनमा पुगेको छ ।न्युजिल्याण्डको अकल्याण्डमा भारतले दिएको दुई सय ७८ रनको लक्ष्य अष्ट्रेलियाले ३ बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । अष्ट्रेलियाको लागि मेग लानिङले ९७ र अल्यसा हेलीले ७२ रन बनाए । यस्तै रचइएल हेन्सले ४३ रन बनाइन् । हेन्स र हेलीले एक सय २१ रनको साझेदारी गरे । बलिङतर्फ भारतका पूजा वास्त्रकरले २ विकेट लिइन् ।अष्ट्रेलियाले महिला एकदिवसीय विश्वकपमा अहिलेसम्मकै धेरै रनको लक्ष्य पछ्याउने इतिहास पनि रचेको छ । ...