अष्ट्रेलिया आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेको हो । इडेन पार्कमा भारतले दिएको २७८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २८० रन बनायो । अष्ट्रेलियालाई जित दिलाउन मेग लानिङले ९७ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै एलिसा हेएलीले ७२ रनको अर्धशतकीय पारी खेल्दा राचिल हेयनेसले ४३ रन जोडिन् । बलिङतर्फ भारतका लागि पूजा भाष्ट्रकरले दुई विकेट लिइन् । त्यस्तै मे