सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना र युवा स्वरोजगारलाई प्राथमिकता दिएसँगै समग्र वैदेशिक रोजगारीमा जाने क्रम क्रमशः ओरालो लाग्दै गएको पाइएको छ । पछिल्ला चार महिनामा वैदेशिक रोजगारीमा जाने युवाको संख्या निरन्तर घटेको सरकारी आँकडा छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठमा ४० हजार ९०१ पुरुष र २ हजार ७३५ महिला गरी ४३ हजार ६५४ युवा श्रम स्वीकृति लिएर विदेशिएका छन् ।