चाडबाडका लागि किनमेलको हतारमा हुनुहुन्छ भने सावधानी अपनाउनुहोस्, नत्र भने तपार्ईंको हतारले नजिकिँदै गरेका दशँै, तिहार र छठलगायतका चाडबाड खल्लो बन्न सक्छ ।
चाडबाडको समयमा सबै सामान किनमेल गर्नुपर्ने हतारका कारण आवश्यक सावधानी तथा सतर्कता अपनाउन नसक्दा पीडा र दुःखद घटना हुने गरेका छन् । प्रहरी अधिकारीका अनुसार चाडबाडको बेला अपत्यारिलो अपराधमा घटना हुने गर्छन् । किनमेल गर्न बजार जाने हतारसँगै घरका झ्याल, ढोका राम्रोसँग लगाउन बिर्सिने, नगद बोकेको झोला तथा पर्स गाडीमै छुट्ने र सामान हराउनेलगायतका समस्याले चाडबाड खल्लो बनाउने गरेको पाइएको छ ।