काठमाडौँ- सशस्त्र प्रहरी बलले झापाको पूर्वी नाकाको मेचीपुल सीमा ईलाकामा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको सूचनामा चाडपर्वको बेला सीमा क्षेत्रमा हुने अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्नसक्ने दुई वटा तालिमप्राप्त कुकुर परिचालन गरिएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालय पशु तथा […]
२८ कात्तिक, वीरगञ्ज । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनमा कुनैपनि शंकास्पद गतिविधि हुन नदिन तीन वटै सुरक्षा निकायलाई विशेष चनाखो हुन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । जिल्लामा १६७ वटा मतदानस्थल ४१२ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र […]
सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान भेडेटार सडक खण्डको जंगलमा फेला परेको मानव अंगबारे अनुसन्धान गर्न कुकुर परिचालन गरिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकुर पठाइएको सुनसरीका एसपी सञ्जयसिंह थापाले रातोपाटीलाई बताए ।सडकखण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेको एसपी थापाले बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोली अनुसन्धानमा
बाँके– नेपालीको महान् पर्व दशैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनका अनुसार दशैँ, तिहारलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको सो नाकामा तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने […]
नेपालीको महान् पर्व दसैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनका अनुसार दसैँ, तिहारलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको सो नाकामा तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने यात्रुलाई जाँच गर्ने गरिएको छ ।भारतबाट नेपाल
बाँके – नेपालगञ्जको जमुनाह नाकामा शनिबार बिहानैदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु भएको छ ।
दशैं तिहार लक्षित विशेष सुरक्षा योजना अन्तर्गत शनिबार नेपाल–भारतसँग जाेडिएकाे जमुनाह नाकामा तालिमप्राप्त कुकुरहरुको सहयोगमा नेपाल भित्रिने यात्रुहरुलाई जाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डगहेन्डलरसहित सुरक्षाकर्मी...
राजविराजः सप्तरीका मतगणना स्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ। राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै स्थानमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। सप्तरीका सबै वडामा मतगणना भइरहेको छ।
सप्तरीको मतगणनास्थलमा सुरक्षा व्यवस्था सुदृढ गराउन तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै मतगणना स्थलमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। यसैबीच सप्तरी जिल्लाका छवटा स्थानीय तहको मतगणना सुरू भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।