रावा बैंकले ३३ प्रतिशत लाभांश दिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ३ प्रतिशत लाभांश र बोनस सेयर ३० प्रतिशतसहितको आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित सामग्री

विन नेपाल लघुवित्तले आह्वान गर्‍यो साधारण सभा, यस वर्ष छैन लाभांश प्रस्ताव

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले फिस स्टेशन एण्ड रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा सभा गर्ने निणर्य गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै डिजिटल बैंकिङसम्बन्धी कार्यहरू गर्न प्रबन्धपत्र संशोधनको प्रस्तावसमेत पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निणर्य पनि सभाले गर्नेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । गत वर्ष ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ५ देखि १० गतेसम्म बुक क्लोज गर्दै छ । यसको आधारमा असार ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

नेप्सेले गर्‍यो विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का

जेठ ३, काठमाडौं । लाभांश संशोधन सार्वजनिक गरेकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनीले आवश्यक सूचना सात दिनभित्र दिनुपर्ने व्यवस्था बमोजिम नदिएको भन्दै कारोबार रोक्का गरेको हो ।  कम्पनीलाई पत्रचार गर्दै के कति कारणले समयमै जानकारी दिन नसकिएको हो ? सो सम्बन्धमा तीनदिनभित्र स्पष्टिकरण पेश गर्न समेत नेप्सेले भनेको छ ।  विन नेपाल लघुवित्तले वैशाख २९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम यस वर्ष ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश दिने सूचना वैशाख ३० गते नेप्सेलाई दिएको थियो ।  कम्पनीले प्रस्तावित लाभांश पारितका लागि जेठ २० गते वार्षिक साधारण सभा आह्वान गर्दै जेठ ३ गतेदेखि बुक क्लोज गर्ने मिति तय गरेको हो । सूचीकृत कम्पनीहरुले बुक क्लोज सम्बन्धी जानकारी कम्तिमा सात दिन अगाडि नेप्सेलाई दिनुपर्ने व्यवस्था धितोपत्र सूचीकरण विनियमावलीमा रहेको छ ।  सो व्यवस्था अनुसार कम्पनीले जानकारी नगराएकाले कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।

राष्ट्रिय बाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते बिहिबार आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरि कुल ३३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूले प्रस्तुत गर्नुहुने बैंकको आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय स्थितिको विवरण र मिति २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्पको नाफा नोक्सान हिसाब विवरण तथा सोही अवधिको नगद प्रवाह विवरण, शेयरधनी कोष परिवर्तनको विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप बैंकको २०७८ आषाढ पसान्तपा कायम रहेको चुक्ता शेयर पूँजी रु.९,१८,४८,९१,६१४/- को ३ (तीन) प्रतिशतका दरले हुन आउने रकम रु.२७,५५,४६,७४९।- (अक्षरेपी सत्ताईस करोड पचपन्न लाख छयालीस हजार सात सय उनन्चास पात्र ।) (कर प्रयोजनका लागि समेत) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने र आ. व. २०७८/०७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजहरूको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्ताव पेश हुने छ।त्यस्तै विशेष प्रस्ताव अन्तर्गत  बैंकको पुँजी वृद्धि गर्ने, बैंकका शेयरधनीहरूलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता शेयर पुँजी रु. ९.१८,४८,९१,६१४।- को ३० (तीस) प्रतिशतको दरले हुन आउने रु.२,७५.५४,६७,४८५/- (अक्षेरूपी रु. दुई अर्ब पचहत्तर करोड चौवन्न लाख सत्सठ्ठी हजार चार सय पचासी पात्र।) बोनस शेयर (लाभांश) प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने, नेपाल सरकारबाट यस बैंकको शेयर पुँजीमा लगानी बापत प्राप्त रकम नेपाल सरकार, अर्थ मन्त्रालयको नापपा शेयर कायम गर्ने, सञ्चालक समितिको पत्ता एवं सुविधा वृद्धि गर्ने र विशेष प्रस्ताव नं. १, २,३ र ४ बमोजिमका निर्णयहरू कार्यान्वयन गर्न बैंकको प्रबन्धपत्र र नियपावलीपा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायबाट कुनै संशोधन, परिमार्जन तथा निर्देशन भएमा सो बमोजिम परिमार्जन गर्न सक्ने अख्तियारी बैंकको सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुने छन्।यो बैंक नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत छैन । यस संगै सबै वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् ।

सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ  ।  ३३ प्रतिशत नगद लाभांशमा योजनाको मूल्य समायोजन भएको हो  ।  समायोजनपछि योजनाको इकाई मूल्य १२ रुपैयाँ ८५ पैसा कायम भएको छ  ।  समायोजन अघि योजनाको इकाई मूल्य १६ रुपैयाँ १५ पैसा रहेको थियो  । योजनाले आज लाभांश बितरणको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । यस हिसाबमा भदौ ३१ गतेसम्म कायम इकाईधनीले मात्र म्युचुअल फण्डले दिने लाभांश पाउँन सक्ने छन्  ।  सानिमा इक्विटी फण्डले योजनाको आकार १ अर्ब ३० करोडको कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ ।

सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश दिने

सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश वितरण गर्ने भएकोल छ । कम्पनीको भदौ १५ गते बसेको बोर्ड बैठकले सानिमा इक्विटी फण्डका लगानीकर्तालाई ३३ प्रतिशत अर्थात् ४२ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । साथै सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले ४ प्रतिशत लाभांश पाउनेछन् ।

सानिमा इक्विटी फण्डले लगानीकर्ताहरुलाइ ३३ प्रतिशत प्रतिफल दिने

काठमाडौँ । सानिमा इक्विटी फण्डले आफ्ना लगानीकर्ताहरुलाई ३३ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । सानिमाको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो । सानिमा बैङ्क लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको इक्विटीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने भएको हो । घोषणा अनुसार गत आर्थिक वर्ष २०७७ र […]

सानिमा इक्विटी फण्डले ३३ प्रतिशत प्रतिफल दिने

सानिमा इक्विटी फण्डले आफ्ना लगानीकर्ताहरुलाई ३३ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितको बैठकले लाभांश घोषणा गरेको हो ।सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको इक्विटीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने भएको छ । घोषणा अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका ईकाई धनीहरुले ३३ प्रतिशत प्रतिफल पाउनेछन् ।योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँको करसहित ३३ प्रतिशत हुन आउने ४२ करोड नब्बे लाख रुपैयाँ प्रतिफ