प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा पुर्खाले लडेर सुरक्षित गरेकाले आज नेपाली भूभाग गौरवकोरुपमा सुरक्षित रहेको बताउनुभएको छ । इतिहासको तथ्यपरक अध्ययन अनुसन्धान गरी त्यसलाई स्थापित गर्नमा आउँदो पुस्ताले कहिल्यै विर्सन नहुने उहाँले चर्चा गर्नुभयो । नेपाली सेनाको ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार २०७७’ मा आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “हाम्रो भूभाग नेपाली जनताको बहादुरीबाट कायम भएको हो, यसको अगुवाई विभिन्न व्यक्तित्वहरुले गर्नुभयो” नेपाली सेना, प्रहरी जे सेवामा भएपनि नेपाली जनताका छोराछोरी हुन, कोही बर्दी लगाएर लडे कोही नलगाएरै उहाँले थप्नुभयो, “देशको भलोका लागि धेरैले पीडा, यातना सहनु प¥यो, त्यसलाई सबैले स्मरणमा राख्नुपर्छ ।”