काठमाडौं, ७ असोज। आइतबार भारतमा बेचिएका २३ र २८ वर्षीय दुई किशोरीको उद्धार गरिएको छ। सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आएपछि भारतमा रहेको नेपाली राजदूताबासमा र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्था किन इन्डियासँग समन्वय गरेर सफलतापूर्वक उद्धार गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बताए।