काठमाण्डाै - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन गरेको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले प्रदेश-१ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने तय गरेको छ । यसअघि २० गते, २२ गते र २४ गते हुने कार्यक्रमको मिति परिवर्तन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने...