काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन गरेको छ।
आज शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले प्रदेश– १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने तय गरेको छ।