सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा खानेकुराको अभाव भएर कुपोषणको समस्या नआएको स्पष्टीकरण दिएका छन्। कर्णाली प्रदेशको योजना आयोगद्वारा बहुक्षेत्रीय पोषण योजनाअन्तगर्गत कर्णाली प्रदेश सरकार र सरोकारवाला निकायसँगको अन्तर्क्रियामा मुख्यमन्त्री शाहीले कर्णालीबासीले खाना खाने तरिका सिक्नुपर्नेमा जोड दिए। ‘कर्णालीमा अहिले सबैभन्दा बढी पोषणको समस्या भएको भनिएको छ’, शाहीले भने, ‘यहाँ खाने कुराको कमी भएर कुपोषण हुनेभन्दा पनि खाने त