सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

सल्यान : सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान जिल्लाको शारदा नगरपालिका- १ दारिमचौरमा दारिमचौरबाट श्रीनगरबाट आउँदै गरेको भे १ ज ३३६ न जिप दुर्घटना भएको हो। दुर्घटनामा परी शारदा नगरपालिका – १ दारिमचौर निवासी १८ वर्षीय नारायण ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइते ओलीको श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।गाडी सडकबाट करिब १५ मिटर तल खसेको

सम्बन्धित सामग्री

हुम्लामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो।...

प्युठानमा जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घघटनामा अन्य १२ जना घाइते भएका छन् ।

बाँकेमा जिप दुर्घटना, एक जनाको मृत्यु

बाँके । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा जिपमा सवार ३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको हो । काठमाडौं आउँदै गरेको […]

दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना सख्त घाइते भएका छन् ।

गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुटवल – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

२७ जेठ,बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा बिहीबार बिहान लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप बिहीबार […]