धनगढी : अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको छ। सोमबार शाहीको न्यायको लागि आफन्त तथा स्थानीयहरु सदरमुकाम मंगलसेन पुगेका थिए।उनीहरुले शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सो कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दै प्रदर्शन गरेका थिए।त्यसक्रममा ढुंगामुढा प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।प्रहरीका अनुसार दु