आफू धामी भन्दै चिन्ता बसेर झारफुक गर्ने बहानामा इलामको देउमाई नगरपालिकाका पूर्णचन्द्र तामाङले आफ्नै श्रीमती र छोरीको टोकेर हत्या गर्नुभएको छ । देउमाई नगरपालिका ५ बारुङको आफनै घरमा चिन्ता बस्नु भएका तामाङले मंगलबार बिहान ३ बजे आफनी ३४ वर्षिया श्रीमती सीता तामाङ र १६ वर्षिया छोरी दिक्षा तामाङलाई शरीका बिभिन्न भागमा टोकेरै हत्या गर्नु भएको हो ।