काठमाडौँः पछिल्लो दश दिनको अवधिमा वीरगंज भन्सार हुँदै ६ सय ३३ वटा साना चार पांग्रे सवारीसाधन नेपाल भित्रिएका छन्।
बजेट आउनुअघि सीमामै थन्क्याएर राखेका गाडी एकाएक व्यवसायीले भित्र्याउन थालेका हुन्। बजेटमार्फत सवारी साधनको अन्तःशुल्क परिवर्तन हुने अनुमानका आधारमा व्यवसायीले आयात बढाएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेल बताउँछन्। 'बजेट