भक्तपुर : नेवार समुदायले आज सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) धुमधामले मनाउँदैछन्। पुन्हीको दिन नेवार समुदायमा विशेष गरी सकि अर्थात् पिँडालु उसिनेर खाने प्रचलन छ।नेवार समुदायले आफूले खेती गरेर उत्पादन गरेका वस्तु इष्ट देवलाई चढाएर मात्र खाने प्रचलन छ। सकिमना पुन्हीका दिन पिँडालु, सखरखण्डलगायतका कन्दमुल उसिनेर इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए। यसले शरीरमा तागत दिने र शरीर स्वस्थ हुने जनविश्वास रहेको श्रेष्ठले बताए।पुन्हीकै अवसरमा शुक्