काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीले दलको नेताहरूकाे चापलुसी गर्न छोडेर जनतामा सहज सेवा विस्तार र व्यवस्थापनमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
आज बुधवार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । कर्मचारीतन्त्रले कसरी सेवा प्रवाहबाट देशलाई माथि उठाउने भन्नेबारेमा सोच्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले चाहे चाँडै...