गएको स्थानीय तह निर्वाचनमा मेयर साम्पाङको प्रमुख चुनावी एजेण्डा नै कोशीबाट पानी ल्याएर धरानको तिर्खा मेटाउने भन्ने थियो। बर्खामा धरानमा भएको स्रोतबाट पानी सहज वितरण भए पनि हिउँदमा धेरै संकट भइरहेको र बढ्दो जनसंख्याको कारण पनि कोशीबाट मात्र समस्या समाधान हुने मेयर साम्पाङ बताउँछन्।