सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, श्रीनगरमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ५० वर्षीया पनियाँ देवीको गोमन सर्पको डसाइबाट मृत्यु भएको हो । पनियाँ देवीलाई आइतबार राति छिमेकीको घरको आँगनमा बसेर कुरा गरिरहेका बेला सर्पले डसेको थियो ।
सर्पले डस्नासाथ महिलालाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्र ल्याइएको थियो । गम्भीर अवस्थामा ल्याइएकी महिलालाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर लाने क्रममा बाटोमा नै मृत्यु भएको ईश्वरपुर नगरपालिका–१४, का वडा सदस्य जोगेन्द्र चौधरीले जानकारी दिनुभयो ।