काठमाण्डाै – पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो पहिलो बैठक आइतवार बसेको छ । गएको पुस ५ गते विघटनको घोषणा भएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले गएको ११ गते पुनर्स्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएअनुसार आइतवार बैठक बसेको हो ।
आइतवारकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिनुभएको छ । यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएका पत्र पनि बैठकमा पढेर सुनाइएको छ ।
दिउँसो चार बजे बस्ने तालिका रहेको बैठक सवा पाँच ...