गण्डकी प्रदेशमा थप ११५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको नमुना परिक्षण गरिएकामा ११५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ५१ महिला र ६४ जना पुरुष रहेका छन् ।प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनकाअनुसार कास्की ८१, स्याङ्जा ४, म्यादी ७, पर्वत २, गोरखा १, लमजुङ ६, तनहुँमा ९ र नवलपुरमा ५ जनामा संक्रमण देखिएको हो । योसँगै गण