काठमाडौं । विजया दशमीको चौथो दिन आज पनि आफन्त तथा मान्यजनबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टिका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने परम्परा छ । घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिन्छ […]