काठमाडौँ : विजयादशमीपछिको चौथो दिन आज (शुक्रवार) पनि नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को छ।९ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिन सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजै अखिल बलिपूर्ति गर्नुपर्ने जनाएको छ। औपचारिक रुपमा नवदुर्गाको प्रसाद लगाउने क्रम आजै सकिन्छ। दशैँमा घरमा आउने आफन्तलाई पूर्णिमाका दिन पनि टीक