शैक्षिक योग्यताका नक्कली प्रमाण पत्र पेश गरेर काम गरिरहेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् । चौरजारी नगरपालिका–१, स्थित चौरजहारी अस्पतालमा कार्यकरत डाक्टर दिपेन्द्र गौतमलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले आइतबार दिउँसो अस्पतालबाटै पक्राउ गरेको हो ।