डोटी । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वरिष्ठ सञ्चार तथा नाट्यकर्मी धन बहादुर मल्ललाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७७ समर्पण गरेको छ। आइतबार सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले धनगढीमा एक समारोहबिच पुरस्कार समर्पण गरेका हुन्।