बन्जरा एग्रो फार्मको ब्राण्ड एम्बेस्डर बने प्रिन्स

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल बन्जरा एग्रो फार्म विराटनगरको ब्रान्ड एम्बेस्डर बनेका छन् । सोमवार प्रिन्स र फार्मबीच सम्झौता भएको हो । सम्झौतामा फार्मका सञ्चालक संजय चापागाईं र खेलाडी प्रिन्स दाहालले हस्ताक्षर गरेका छन् ।  विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा छन् । विश्वमा इतिहास रच्ने खेलाडीलाई राज्यले बेवास्ता गरेकाले प्रिन्सलाई खेलकुदबाट बाहिरिनु नपरोस् भनेर ब्राण्ड एम्बेस्डर बनाइएको उनको भनाइ छ ।  सम्झौतामा के उल्लेख गरिएको छ भन्नेबारे भने उनले खुलाउन चाहेनन्...

सम्बन्धित सामग्री