प्रतिनिधिसभा विघटन गर्दा कहिले प्रधानमन्त्रीको र कहिले राष्ट्रपतिको विशेषाधिकारको कुरा गरिनु गलत भएको वरिष्ठ अभिवक्ता रमण श्रेष्ठले तर्क गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा श्रेष्ठले नेपालको संविधानको धारा ७६(५) लाई राष्ट्रपतिले विशेषाधिकारको ब्रह्मास्त्र ठान्नु गलत भएको बताए ।
‘यसअघि विघटन गर्दा प्रधानमन्त्रीको विशेषाधिकार भनियो, यसपालि राष्ट्रपतिको विशेषाधिकार भनिँदैछ,’ श्रेष्ठले भने, ‘राष्ट्रपतिले धारा ७६(५) लाई विशेषाधिकारको ब्रह्...