निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारीअनुसार आज अबेरको मापन अनुसार सप्तकोशीमा पानीको वहाव १ लाख ८१ हजार ९५ क्युसेक पुगेको छ । सप्तकोशीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोशीका ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ । यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने भएकोले बाँध फुट्ने सम्भावना कम रहेको कारण खतरा उत्पन्न नहुने सुरक्षा निकायको विश्वास छ ।