सडकले सहज बन्दै माइजोगमाईका पर्यटकीयस्थल

पछिल्लो समय गाउँपालिकाको केन्द्र नयाँ बजारबाट उच्च पहाडी क्षेत्रका पर्यटकीयस्थलसम्म सडक सुविधा सहज बनाइँदैछ।...

सम्बन्धित सामग्री

नागस्तम्भ निर्माणसँगै काभ्रेको बस्नेत गाउँ धार्मिक पर्यटनस्थल बन्दै

धुलिखेल (काभ्रेपलाञ्चोक) – जिल्लाको बनेपा नगरपालिका–५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन्। अरनिको राजमार्गबाट करिब तीन किलोमिटर भित्र पर्ने पालेको सामुदायिक वन नजिकै रहेको बस्नेत गाउँलाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जुटेका हुन्। गाउँको माथिल्लो सिरानमा रहेको पुरानो महादेव मन्दिर र नागको स्तम्भ निर्माण गरिने स्थानीय बताउँछन्। महाशिवरात्रिको अवसर पारेर यहाँका स्थानीयले […]

चियामा आत्मनिर्भर बन्दै चौतारा नगरपालिका

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका चियामा आत्मनिर्भर बन्दैछ । नगरपालिकाले स्याउलेमा चिया खेती विस्तारको काम गरिरहेको छ । नगरपालिकाले १ नम्बर वडाको स्याउलेस्थित ओख्रेनीमा चिया खेती गरिरहेको छ । पर्यटकीयस्थल समेत रहेको ओख्रेनीको हावापानी पनि उपयुक्त भएकाले चियाखेती गरेको मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले बताए । ‘हाम्रो नगर सदरमुकाममा पनि छ । यहाँ सबै क्षेत्रका मानिसहरू […]

नारायणी किनार अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बन्दै

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रुपमा तीनवटै योजनाको काम अघि बढेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतको काम …

आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै मैस्याङटार

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीको मैस्याङटार आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । अग्लो डाँडामा रहेको, हरिया चौर र वरपर जंगलले घेरिएको मैस्याङटार पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास हुँदै गएको हो ।मैस्याङटारमा नयाँ वर्ष, दशैंतिहार, साकेला उभौली र मंसिर लागेपछि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पर्यटकीयस्थल मैस्याङटारमा स्थानीय पिकनिक जाने गरेका थिए । तर पछिल्लो समय घुमफिर र भ्रमण गर्ने स्थानीयको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए ।

तातोपानी कुण्ड : जहाँ डुबेपछि निको हुन्छन् यस्ता रोगहरु

नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुण्डहरुलाई व्यवस्थित बनाइएको छ ।मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका

पर्यटकीयस्थल देउराली डाँडामा बौद्ध स्तुपा बन्दै

तम्घास – पर्यटन प्रवर्दन गर्न भार्सेको देउराली डाँडामा बौद्धस्तुपा निर्माण गर्न थालिएको छ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा लुम्बिनी प्रदेशकै दोस्रो ठूलो स्तुपा निर्माणकार्य थालिएको हो । समुद्री सतहबाट दुई हजार १८० मिटर उचाइमा पर्ने सो डाडाँमा यही फागुन १३ गतेदेखि निर्माण थालिएको हो । स्तुपाको आगामी असार मसान्तसम्म कार्यसम्पन्न हुनेछ । उक्त दिन […]

बेथानचोकको पर्यटकीयस्थल ‘गजराम थुम्का’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोकमा पर्ने ‘गजराम थुम्का’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बिहान घाम लाग्दै गर्दा होस् या गोधुली साँझमा मनै लोभ्याउने सुन्दर, शान्त र रमणीय बस्ती ढुङखर्कको ‘गजराम थुम्का’ पुग्ने जो कोही मन्त्रमुग्ध हुन्छन् । काठमाडौंबाट ४५ किमी दूरीमा रहेको महाभारत पर्वत आसपास फैलिएको बेथानचोक विविधताले भरिएको ठाउँ हो । काभ्रेपलाञ्चेकको बेथानचोक गाउँपालिकाको पर्यटकीय गन्तव्य बेथानचोक नारायणस्थान डाँडापछिको अर्काे महŒवपूर्ण गन्तव्य बन्दै गएको छ । पछिल्लो समय चर्चामा रहेको बेथानचोक नारायणस्थानबाट उत्तर–पूर्वमा रहेकोे अर्काे अग्लो स्थान गजराम थुम्का झण्डागाडे, चुलीडाँडा नामले चिनिन्छ । बेथानचोक नारायणस्थानसँग तुलना गर्न मिल्ने सो स्थान सुन्दर फराकिलो र थली परेको भू–भाग छ, जुन राजधानीबाट नजिक पर्ने पर्यटकीय गन्तव्य हो । समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको सो क्षेत्रको पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना छ । बेथानचोक गाउँपालिका–३ मा रहेको गजराम थुम्काडाँडासम्म पुग्न बाटो मर्मत र गजराम थुम्काको भिरालो जमिन सम्याएर टेन्ट राखेर पर्यटक बस्न मिल्ने बनेपछि पर्यटन प्रवद्र्धनमा टेवा पुगेको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय बासिन्दा कमलप्रसाद नेपालले बेथानचोक ढुङखर्क क्षेत्रमा रहेको बेथानचोक नारायणस्थान र गजराम थुम्काको प्रचारका लागि निरन्तर लागिरहेको बताए । माउण्ट महाभारत घरबास एण्ड इको अग्र्यानिक फार्म बेथानचोकका सञ्चालकसमेत रहेका उनले गाउँपालिकाले विनियोजन गरेको एक लाख बजेटबाट राष्ट्रिय झण्डा निर्माणदेखि ठाउँ सम्याउने र बाटो मर्मत गरेपछि सो ठाउँमा पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुगेको बताए । महाभारत पर्वत शृंखलाको सबैभन्दा अग्लो स्थान भएकाले पनि पछिल्लो समय सो स्थान उत्कृष्ट दृश्यावलोकनको केन्द्र बनेको छ । यतिमात्रै नभएर प्रायः सदाबहार हरियाली रहने त्यहाँका जंगलले पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ । विभिन्न मौसम अनुसार जंगल नै ढकमक्क लालीगुराँसलगायत अन्य प्राकृतिक फूलले थप सुन्दरता प्रदान गरिरहनु सो ठाउँको अर्को विशेषता हो । बँदेल, मृग, घोरलजस्ता वन्यजन्तु, मुनाललगायत चराचुरुंगी अवलोकनका लागि पनि सो स्थान उपयुक्त रहेको पर्यटन व्यवसायी नेपालको भनाइ छ । साथै विभिन्न जडीबुटी,  महाभारत क्षेत्रमा पहाडसँगै रहेका ठूला–ठूला चट्टान र त्यसबीचमा रहेको प्राकृतिक गुफा अन्वेषणका केन्द्र बनाउन सकिने सम्भावना बोकेको उनको भनाइ छ । पर्यटन मन्त्रालयबाट समेत बेथानचोक सामुदायिक वनको पर्यापर्यटन गुरुयोजना समेत सम्पन्न भइसकेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठले बताए । ‘नारायणस्थान डाँडामा घेराबारको काम शुरू हुँदै छ भने गजराम थुम्कामा जाने सिँढी निर्माण भइरहेको छ,’ उनले भने, ‘दुवै ठाउँको पर्यटन प्रवद्र्धनका लागि बजेट व्यवस्थापन भइसकेको छ ।’ त्यससँगै सो क्षेत्रमा ठूलो बुद्धको प्रतिमा राख्ने कामका लागि बजेट व्यवस्था गरिसकेको वडाध्यक्ष श्रेष्ठले बताए । पर्यटनजस्तै कृषि क्षेत्रको पनि प्रचुर सम्भावना बोकेको बेथानचोक विशेष खाद्य परिकारमा हिमाली चामलको भात, सेराना प्रजातिको माहुरीको मह, अल्लो सिस्नो, खुवालगायत दुग्धजन्य परिकार, लोकल मकैको ढिँडो, मौसमअनुसार फल्ने ऐंसेलु, काफललगायत विभिन्न प्रकारका प्राकृतिक फलको स्वाद लिन पाइने बेथानचोकलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिकाले पहल गर्नुपर्ने स्थानीय बासिन्दा बताउँछन् । बेथानचोकका ती दुई ठाउँमात्रै नभई कामीडाँडा, च्याल्टिडाँडा, थलिडाँडा, महाँकालडाँडा, ठूलाचौर, चोरण्डे आले, अर्खौले, डाँडागाउँ, पार्थली, गुम्बुडाँडालगायत फरक–फरक स्थानबाट रमणीय दृश्यावलोकन गर्न सकिन्छ । रासस

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सडकमा कालोपत्र शुरु

वैशाख २८, डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको हो । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम शुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरी बताए । उनले भने, ‘सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्म कालोपत्र काम शुरु भएको छ, बाँकी काम पनि चाँडै शुरु हुनेछ ।’ सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करीब ७ दशमलव ३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिए ।  खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५ दशमलव ६ किलोमिटर कालोपत्र गर्न रू. ४० करोड ठेक्का सम्झौता भएको छ । उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएसँगै कामले तीव्रता पाएको स्थानीयवासी सिद्धराज जोशीले बताए । उनले भने, ‘खप्तड जोड्ने सडकको कामले तीव्रता पाएको छ, समयमै काम सकिए अब खप्तड पुग्न पर्यटकलाई निकै सहज हुनेछ ।’ विगतमा उक्त सडक वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौँदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि यहाँका पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी संघका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए ।  उनले भने, ‘सडक सञ्जाल नभएकै कारण सुन्दर सुदूरपश्चिमको मुटु मानिएको खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुने भएपछि पर्यटक भित्र्याउन सहज हुने र यहाँका नागरिकको आयस्तर वृद्धि हुने देखिन्छ ।’ कोरोना जोखिमले देश आक्रान्त बनेको बेला उक्त सडकमा काम गर्ने कामदारको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै तथा कोरोना जोखिमबाट बच्न अपनाउनुपर्ने सबै विधि अपनाएर काम शुरु भइरहेको सडक निर्माण तथा कालोपत्रको जिम्मा पाएको सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले जानकारी दिएको छ । रासस