खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मन्धुम ट्रेल पदमार्गमा पर्दछ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि युवा क्लबले प्रवर्द्धन अभियान सञ्चालन गरेको हो । समुद्री सतहदेखि तीन हजार आठ सय ४० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीमा युवा क्लबको नेतृत्वमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ […]
झापा– सानो लगानी जुटाएर सिमसार खेतको पानीको मुहानलाई धार्मिक सौन्दर्यकरण गर्दा मेचीनगर नगरपालिका–१ हिलेधापमा आकर्षक पर्यटकीयस्थल निर्माण भएको छ। हिउँद तथा बर्खामा कलकल बगिरहने हिलेधाप सिमसारको मुहानलाई संरक्षण गरेर नागधारा र नागदेवीको मन्दिर बनाउँदा सो स्थान धार्मिक क्षेत्रमा परिणत भएको हो। स्थानीयले सिमसारलाई धार्मिक पर्यटकीयस्थल बनाउने परियोजना अघि सारेपछि मेचीनगर–ले चार लाख बजेट विनियोजन गरेको […]
कास्की, २३ चैत । पोखराको पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति । आजभोलि यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । तस्वीरः प्रदीपराज वन्त÷रासस
मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको छ । पर्साको ठोरीमा आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गर्नुभयो । तराई मधेशको ‘मिनी उपत्यका’को नामले समेत परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरिएको मधेश प्रदेश सरकारले जनाएको …
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन् । कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो । कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना सङ्क्रमणको दर घटेको, खोपको व्यवस्था भएको, थलिएको […]
यहाँका पर्यटकीयस्थल करिब पाँच महिनापछि खुल्न थालेका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि यहाँका पर्यटकीयस्थल भ्रमण गर्न रोक लगाइएको थियो । कोरोना सङ्क्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीयस्थल खुलाइएको हो । घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन शुरु भएको छ । सि