भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्यमा खराबी आएको छ ।
स्वास्थ्यमा समस्या आएपछि सिंहलाई एम्स अस्पताल भर्ना गरिएको छ । अस्पतालमा डा. नितीश नायकको नेतृत्वमा डाक्टरको टीमले सिंहको उपचार गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सिंहलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ । २ दिनदेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहमा सिंहलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।