राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त

न्युज अफ नेपाल, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । जनमोर्चाका महासचिव मनोज भट्ट र गण्डकी प्रदेश संसदीय दलकी नेता पियारी थापाले बिहीबार दिउँसो १२ बजे प्रदेश सभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको पत्र बुझाएका छन् । थापालाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भएसँगै उनलाई यसबारे जानकारी गराइसकिएको प्रदेशसभाका […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश : थापा कारवाहीमा परेपछि यस्तो छ नयाँ अंकगणित

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि शनिबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि समय प्रदान गरिएको छ । प्रदेश प्रमुखले शुक्रबार प्रदेशसभा सदस्यहरुलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री चयनका लागि समयसीमा तोकेसँगै विपक्षी दलहरु उत्साहित भएका छन् । गण्डकी प्रदेशसभाको अंकगणित शुक्रबार ५९ सदस्यमा खुम्चिएको छ । राष्ट्रिय जनमोर्चा संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सदस्य कृष्ण थापा कारवाहीमा परेसँगै प्रदेशसभा सदस्यको संख्या घटेको हो ।प्रदेशसभाको यो अंकगणितको आधारमा बहुमतका लागि कम्तीमा ३० स

जनमोर्चाका सांसद थापा साधारण सदस्यबाटै निष्कासित

गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्कासित भएका छन् । शनिबारको बसेको केन्द्रीय बैठकले थापालाई केन्द्रीय सदस्यबाट आजीवन र साधारण सदस्यको लागि एक वर्षका लागि निष्कासन गरिएको केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।