साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ ।दूतावासका अनुसार मृतक नेपालीले मृत्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्राप्त गरी स्वदेश पठाएको छ । विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली श्रमिकको ब्लडमनीसम्