सीमाबाट आउने कोरोना संक्रमित र शंकास्पदको व्यवस्थापनका लागि सरकारले नेपाली सेनामार्फत विराटनगर र झापामा निर्माण थालेका १/१ हजार जना क्षमताका होल्डिङ सेन्टर अझै तयार हुन सकेका छैनन् । विराटनगर जुट मिलको पश्चिम–उत्तरतर्फको जग्गामा होल्डिङ सेन्टर बन्दै छ ।