झापा : झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ। जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ।विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ। उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल एक सय ३४ शय्याको छ। जनशक्ति अभावपछि बिरामी मारमा छन्।सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि झन् धेरै जनशक्ति अभाव खड्किएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट टङ्क बाराकोटीले बताए। 'बिरामीको चाप दिन प्रतिदिन बढ्दो छ, तर चिकि