डलरको भाउमा नयाँ रेकर्ड : आज एक अमेरिकी डलरको विनिमय दर १२९ रुपैयाँ ६८ पैसा

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको भाउ (विनिमय दर) १२९ रुपैयाँ ६८ पैसा तोकेको छ । अमेरिकी डलरको यो नयाँ रेकर्ड हो । यसअघि गएको साउन ५ गते एक अमेरिकी डलरको विनियम दर १२८ रुपैयाँ २९ पैसा रहेको थियो । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ । पछिल्ला दिनमा विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विन...

सम्बन्धित सामग्री

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति छ आजको बजार भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधवार तोलाको १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो। यसअघि यही चैत ८ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन तोलाको एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आज चाँदीको भाउ पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति छ आजको बजार भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधवार तोलाको १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो। यसअघि यही चैत ८ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन तोलाको एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आज चाँदीको भाउ पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँमा पुन: वर्षकै कम तापक्रम रेकर्ड, कतिमा आयो?

काठमाडौँ : काठमाडौँमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार  काठमाडौँमा तापक्रम ३ डिग्रीमा झरेको हो।यसअघि गएको सोमबार ३ दशमलव २ डिग्री मापन गरिएकोमा आज त्यसबाट पनि तल झरेर वर्षकै कम तापक्रम रेकर्ड भएको हो। मौसमविद् रोजन लामिछानेले अधिकतम तापक्रम पनि कम १६.६ डिग्री रहेको बताए। आज सबैभन्दा कम जोमसोममा माइनस ६.५ डिग्री पुगेको पनि उनले बताए।

एकैपटक धेरै विद्यार्थी जुटाएर त्रिविले बनायो विश्व रेकर्ड (तस्बिरसहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्व रेकर्ड कायम गरेको छ। सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोहमा एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो।त्रिविका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसालका अनुसार यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। तर,आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिविले विश्व रेकर्ड कायम गरेप

ऐरीको रेकर्ड तोडिन बनेको हैन !

काठमाडौं । ‘वैसे त रेकर्ड तोड्नेकी लिए बनते है,’ मंगोलियाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले नौ बलमा ५० रन बनाएपछि आलोक आनन्द सामाजिक सञ्जालमा लेख्छन्, ‘लेकिन आज रेकर्ड टुट्ने के लिए नही बना।’ आलोकले भनेजस्तै रेकर्डहरू तोडिनैका लागि बन्ने गर्छन्। तर, केही रेकर्ड तोड्नु असम्भव प्रायः हुन्छ। यस्तै एउटा रेकर्ड बनेको छ, ऐरीका नाममा। चीनको हानझाउस्थित झेजियाङ […]

यसरी कुनै एप डाउनलोड नगरिकनै एन्ड्रोइड स्मार्टफोनमा गर्नुहोस् स्क्रीन रेकर्ड

कतिपय समय हामीले स्मार्टफोनमा विभिन्न काम गर्दा स्क्रीन रेकर्ड गर्नुपर्ने हुन्छ । यस्तोमा आज हामीले कुनै थर्ड पार्टी एप डाउनलोड नगरिकनै स्क्रीन रेकर्ड कसरी गर्ने भन्ने बारे जानकारी दिदैछौँ ।  स्क्रिन रेकर्डिङ के हो ? वास्तवमा, स्मार्टफोन प्रयोगकर्ताले उपकरणको स्क्रिन रेकर्ड गर्ने सुविधा पाउँछन् । स्मार्टफोनको स्क्रिनमा देखा पर्ने क्षणहरूलाई रेकर्ड गर्न सकिन्छ । यो...

हिमचितुवाद्वारा बक्सिङमा नयाँ रेकर्ड : लगातार तीन जित

काठमाडौँ । युवा पुस्ताका चर्चित बक्सर खेलाडी अविरल घिमिरेले ऐतिहासिक सफलता हासिल गरेका छन् । आज अपराह्न जापानको टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउन्डमा नै पराजित गरी उहाँले बक्सिङ खेलमा नयाँ रेकर्ड समेत कायम गरेका छन् । सो तौल समूहको प्रतिष्पर्धामा लगातार तीन […]

नेप्सेमा नयाँ रेकर्ड

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले आज नयाँ रेकर्ड बनाएको छ। लगातार उकालो लागेको नेप्से आज तीन हजार बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्सेमा ४२.७२ अङ्कले वृद्धि भई तीन हजार २५.८२ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६० ले वृद्धि भई ५५०.०१ मा पुगेको छ।रासस

शेयर बजार : कारोबार रकममा फेरि नयाँ 'रेकर्ड'

काठमाण्डाै – शेयर बजारमा फेरि नयाँ रेकर्ड कायम भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज एकै दिन १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो ।  यसअघि पौने १५ अर्ब रुपैयाँ कारोबार भएर रेकर्ड कायम राखेकोमा त्यो रेकर्ड तोड्दै आज १७ अर्ब दुई करोड रुपैयाँ बराबरकाे चार करोड २६ लाख कित्ता शेयर किनबेच भएको हो ।  यस्तै आज नेप्से परिसूचक पनि साढे १२ अङ्कले बढेको छ । परिसूचक १२ दशमलव ५४ अङ्कले बढेर २८२७ दशमलव ०३ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । ...

नेप्से उकालो चढ्दै, फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं। नेप्सेले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ। हिजो ५४ अंकले बढेको नेप्से आज फेरि २० अंकले बढेर नयाँ उचाइमा पुगेको हो। नेप्से परिसूचक २७५९.२२ बिन्दूमा पुगेर नयाँ रेकर्ड बनाएको हो। सेन्सेटिभ सूचक पनि ४.४५ अंकले बढेको छ। हाइड्रोमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ भने ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।